दार्चुलाको मालिकार्जुन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति कार्यक्रम र बजेट पुस्तीका वेवसाइटमा सार्वजनिक गरेको छ । गाउँपालिकाले गत भाद्र २१ गते विहिबारका दिन दिउँसो २ बजे वार्षिक नीति कार्यक्रम र बजेट पुस्तीका (रातो किताब) सार्वजनिक गरेको छ ।
असार १० गते गाउँपालिकाले नीति तथा कार्यक्रम बजेट ल्याएको थियो ।
त्यसको करिब २ महिना पछि गाउँपालिकाले बजेट पुस्तीका सार्वजनिक गरेको हो । मालिकार्जुन गाउँपालिकाको वेवसाइटमा राखेको रातो किताबमा चालु आर्थिक वर्षमा कार्यान्वयन हुने बजेट, योजना र कार्यक्रम सहितको १ सय ४२ पृष्ठको किताब सार्वजनिक गरेको गाउँपालिकाले जनाएको छ ।