बाजुरा । बाजुरामा मिनि ट्रक दुर्घटना भएको छ । आइतबार सुर्खेतबाट खाद्यान्न बोकेर बाजुराको कर्णाली करिडोर हुदै हुम्ला जादै गरेको मिनि ट्रक बाजुराको जगन्नाथ गाउँपालिका ३ बेर्मा बजार नजिकै दुर्घटना भएको हो । कर्णाली प्रदेश-०२-००१६ ख ०५५७ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तिन जना घाइते भएका बाजुरा प्रहरीले जनाएको छ । घाइते हुनेमा ट्रक चालक दैलेख आठबिस नगरपालिका ४ का आन्दाजी ३५ बर्षका देविराम सिजापती, सहचालक सोहि जिल्लाको दुल्लु नगरपालिका २ का अन्दाजी १८ बर्षका अर्जुन विक र जाजरकोटको बिरेन्द्रनगर नगरपालिका १२ बस्ने अन्दाजी २२ बर्षका महन घर्तिमगर रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सह-चालक सहित अर्का एक जनाको अवस्था सामान्य भए पनि चालकको अवस्था भने गम्भीर रहेको बताइको छ ।उक्त मिनि ट्रक सडकभन्दा करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
![1554963163accident-768x541_3](https://ekpailo.com/wp-content/uploads/2023/09/1554963163accident-768x541_3-696x409.jpg)
बाजुरामा मिनि ट्रक दुर्घटना हुँदा तिन जना घाइते
![](https://ekpailo.com/wp-content/uploads/2024/04/Rent-Exclusive-Car-Instagram-Post.gif)
सम्बन्धित समाचार
![](https://ekpailo.com/wp-content/uploads/2024/04/2.jpg)
ताजा समाचार
![](https://ekpailo.com/wp-content/uploads/2024/04/DUHU.jpg)