नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ मन्त्री साउद

न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् ।

मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका ९सिटीबिटीओ० कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराए । ७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदले भेटघाटलाई तीव्रता दिए ।

सम्बन्धित समाचार

ताजा समाचार