सुन तस्करी प्रकरणमा वर्षमानका विश्वासपात्र भण्डारीसँग सीआईबीको बयान

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका विश्वासपात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ ।

भण्डारीलाई हिजो सीआईबी कार्यालयमा बोलाएर सोधपुछ गरेको हो ।

कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको पाइएपछि अख्तियार र सम्पत्ति शुद्धीकरणमा मुद्धा समेत खेपीरहेका भण्डारीको हालै भइरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टि हुने आधार देखा परेपछि सीआईबीले उनीसँग सोधपुछ गरेको हो ।

नायबसुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थ मन्त्री पुनसहित पूर्वमन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा काम गरेका थिए ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले भने हिन्दु हुनुमा गर्व छ
सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेको भण्डारीले छोटो समयमा नै अस्वभाविक आम्दानी गरे पछि हाल उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । खबरहब

सम्बन्धित समाचार

ताजा समाचार