तिंकरमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना

दार्चुलाको तिंकरमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना भएको छ । शुक्रबार जिल्लाको व्यासँ गाउँपालिका वडा १ छयाँलेकमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका एसपी डम्बर बहादुर विष्टको अध्यक्षता एवम सशस्त्र प्रहरी नायब महानिरीक्षक(एआईजी) वंशीराज दाहालको प्रमुख आर्थित्यतामा बोर्डर आउट पोष्ट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रेम सिह धामीले जानकारी दिनु भएको छ ।

चीन सीमा नजिक तिंकरमा सशस्त्र प्रहरी बलको वोर्डर आउट पोष्ट स्थापना गर्न भारतको बाटो हुदै सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल (एआईजी)को टोली दार्चुला पुगेको थियो । तिंकरमा बोर्डन आउट पोष्ट विओपी स्थापना भएसंगै सीमा क्षेत्रमा सुरक्षालाई प्रभावकारी बनाउन र चोरी तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रेम सिह धामीले जानकारी दिनु भयो ।

तिंकरमा सशस्त्र प्रहरी निरीक्षक इन्सपेक्टर जनक बहादुर पौडेलको नेतृत्वमा २० जनाको टोली तिंकरमा बस्ने बताइएको छ । तिंकरमा विओपी स्थापना भएसंगै जिल्लामा विओपी स्थापना हुनेको संख्या पाचँ पुगेको छ । दार्चुला सशस्त्र प्रहरीको गण र व्यास क्षेत्रमा गुल्मको संरचना स्थापना संगै दुम्लिङ, दत्तु, जोलजिवि सुन्सेरा र लालीमा विओपीहरु स्थापना भएका छन ।

व्यास गाउँपालिकाको वडा नम्बर २ माल र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ बाँकूमा रहेको नेपाल–भारत जोड्ने झोलुंगे पुलमा पनि सशस्त्र प्रहरीको पोष्ट राखिएको छ । भारतसंग सिमा जोडिएका व्यासको सितापुल, सुन्सेराको मलघट्टे, खलंगाको घाटबजार, दत्तु, जोलजिवी र लालीस्थित महाकालीको झोलुंगे पुलमा पनि सशस्त्र प्रहरीको नियमित सुरक्षा उपस्थिति रहेको ४४ नम्बर गणका गणपति डम्बरवहादुर विष्टले बताए ।
नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सिमाविन्दुहरुमध्ये व्यास गाउँपालिकाको वडा नम्बर ५ तिगरम र वडा नम्बर ६ बडुगाउँको झोलुंगे पुलबाहेक अन्य सबै स्थानमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ । व्यास गाउँपालिकाको तिंकर, कौवाक्षेत्र र बडुगाउँ तथा लेकम गाउँपालिकाको रतौडामा थप विओपी स्थापनाको गृहकार्य भइरहेको छ ।

मालिकार्जुन गाउँपालिकाको जोलजिविमा रहेको विओपीलाई सिमा सुरक्षा गुल्म बनाइएको छ । लाली र दुम्लिङको विओपीमा इन्सपेक्टरको कमाण्डमा फौज परिचालन गरिएको छ । सुन्सेरा र दत्तुमा सईको नेतृत्वमा सशस्त्र प्रहरीको टोली रहेको छ । अतिक्रमित भूमि नजिकको छाङरु गाउँको गागास्थित ५० नम्बर गुल्मको नेतृत्व डिएसपीले गरिरहेका छन् ।
सिमाक्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा दिनथालेपछि अहिले सिमा क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु खुशी भएका छन । बोर्डर आउट पोष्ट स्थापना गर्न टोली शनिबार आज भारतीय बाटो हुदैँ जिल्ला सदरमुकाम आउन लागेको सुरक्षा स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार