काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् ।
विद्युतीय चुरोट अर्थात् भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन तस्करीको अनुसन्धानका लागि राहुल महरालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले जनाएको छ ।
महराका बाबुछोराले व्यापारीले भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन छुटाउन भन्सारका कर्मचारीलाई पटक–पटक दबाब दिएको आरोप छ । उनीहरूले भन्सारका अधिकारी र सुन ल्याउने व्यापारीसँग पटक पटक फोन गरेको पनि खुलेको थियो ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । विद्युतीय सिगरेट अर्थात भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन तश्करीको अनुसन्धानको लागि राहुल महरालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ । महराका बाबुछोरालाई व्यापारीले भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन छुटाउन भन्सार प्रशासनलाई पटक पटक दबाब दिएको आरोप छ । उनिहरुले भन्सारका अधिकारी र सुन ल्याउने व्यापारीसँग पटक पटक फोन गरेको पनि खुलेको थियो ।
गएको पुस २९ गते दुई वटा सुटकेसभित्र ७३ वटा बट्टामा रहेको सात सय ३० थान भेपभित्र शङ्कास्पद वस्तु रहेको आशङ्कामा भन्सारले बरामद गरेको थियो । तर पछि ती सामान विद्युतीय सिगरेट नै भएको पाइएपछि विमानस्थलले साटिएको आशङ्कामा छानबिन गरेको थियो । भेप ल्याउने चिनियाँ नागरिकहरू लुई र दावजिङ वाङसँग कृष्णबहादुर महराको पटक–पटक सम्पर्क देखिएको छ । महराका छोरा राहुलको पनि दावजिङसँग सम्पर्क देखिएको छ । यो मुद्दामा अनुसन्धान गरेर सीआईबीले महराका बाबुछोरालाई समेत प्रतिवादी बनाउन सुझावसहित सरकारी वकिलको कार्यालयले फाइल बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले महराका बाबुछोरालाई सोधपुछसमेत गरेको थिएन ।
सरकारले आफ्नालाई बचाएर अरूलाई छानीछानी पक्राउ गरेको भन्दै नेकपा एमालेले समेत पटक–पटक आपत्ति जनाउँदै आएको छ ।