गौ हत्याको बिरोध गर्दा किन पक्राउ परे बिनय यादव

काठमाण्डौं। नयाँ बानेश्वर स्थित संघीय संसद भवन आगाडीबाट राष्ट्रिय एकता अभियानको अध्यक्ष विनय यादव लगायत सदस्यहरू पक्राउ परेका छन्।

नेपालको राष्ट्रिय जनावर गाईलाई हत्या गरेको विरुद्ध नाराबाजी गर्दा राष्ट्रिय एकता अभियानका केन्द्रीय संयोजक विनय यादव, नेता बिपी यादव, काठमाडौं सम्पर्क मंचका संयोजक विनोद कुमार सिंह, अभियानका केन्द्रिय सदस्य उमेश सिंह, राकेश सिंह ,गणेश कुमार सिंह,संतोष मिश्रा लगायत अभियानका विभिन्न कार्यकरतालाई प्रहरीले पक्राउ गरी तीनकुने स्थित प्रहरी वृतमा राखेका छन्।

नयाँ बानेशवरस्थित संघीय संसद भवन अगाडि गौ हत्याका मतियार प्रधानमन्त्री प्रचण्ड राजीनामा दे, गौ हत्या बन्द गर, प्रधानमन्त्री राजीनामा देऊ,संविधानको रक्षा गर,गौवंशलाई हत्या गर्नेहरुलाई कारवाही गर ” जस्ता नारा लगायत विरोध प्रदर्शन गर्दा उनीहरू पक्राउ परेका छन्।

अभियानले प्रधानमन्त्री प्रचण्ड गौ हत्याका मतियार रहेको आरोप लगाएका छन् ।

केही दिन अगाडी कोशी प्रदेशको धरानमा एक समुदायका व्यक्तिहरुले सार्वजनिक रुपमै गोरु काटेर भोजभतेर गरेको भिडियो समाजिक सँजालमा आए पछि चौतर्फी विरोध हुँदै आएको छ ।

हिजो मात्रै मधेश प्रदेशको सिरहा जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्बामा हिन्दु सम्राट सेनाले साँसद तत्माविरुद्ध प्रदर्शन गरेको थियो। संविधानमा गाई गोरु काटेर खान नहुने उल्लेख हुँदाहुँदै जसपाकी साँसद तत्माले एक फेसबुक पोष्टमा “गाई गोरु खानेलाई खान दिनुपर्छ” भन्ने टिप्पणी गरेपछि उनको चौतर्फी विरोध भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार