रसुवा ।चीन सङ जोडिएको रसुवा नाका बाट दुई किलो सुन बरामद गरेको छ । विभिन्न देशहरुमा बसेका ब्यापारीहरुले चीन बाट सुन तस्करी गर्ने गरेका छ्न । चीनले बाट आउने मोटरको समानमा सुन मिसाएर नेपाल पठाउने गरेका हुन । यसरी नेपालको राजस्वमा ठुलो घात हुने गरेको छ ।
नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले संचारमाध्यमलाई बताए ।
शनिबार साँझ भएको चेकिङका क्रममा शंका लागेर चेक गर्दा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा पक्राउ परेका थिए । उनलाई त्यो सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको पाइएपछि शेर्पालाई पनि पक्राउ गरिएको बुढाथोकीले बताए ।
बरामद सुन काठमाडौं लैजान लगिएको खुलेको छ । ‘सुन परीक्षण गरेर थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाएका छौं ‘, उनले भने ।