महाकाली नगर शिक्षक भर्नाको परीक्षा सञ्चालन गर्ने बाटो खुल्यो

दार्चुला । महाकाली नगरपालिकाले नगर शिक्षक भर्ना परीक्षा रोक्न सम्बन्धमा उच्च अदालत दिपायल महेन्द्रनगरमा परेको रिटको मंगलबार सुनुवाई भएको छ । न्यायाधीश कृष्णलाल भट्टराई र अर्जुन प्रसाद कोइरालाको संयुक्त इजलासले निवेदकको तर्फबाट माग भएबेमाजिम अन्तरिम आदेश दिएको छैन् ।
शिक्षक भर्नाको परीक्षा प्रकृया नै रोक्न माग गरेकोमा अदालतले परीक्षा कार्यक्रम रोक्नुपर्ने अन्तरिम अन्तरिम आदेश दिएको छैन् । योसँगै महाकाली नगरपालिकाले नगर शिक्षकको परीक्षा सञ्चालन गर्ने बाटो खुला भएको छ ।
यसअघि जिल्ला अदालत दार्चुलाले असार ३१ गते नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षा विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । नगरपालिकाले नगरभित्रका करार शिक्षकहरुलाई परीक्षाको माध्यमबाट भर्ना गर्न खोजेको भन्दै अदालतमा मुद्धा दायर भएको थियो ।
महाकाली नगरपालिकाले असार २४ गते आधारभूत तह ९कक्षा ६–८० र माध्यमिक तह ९कक्षा ९–१०० मा ३३ जना नगर शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । आधारभूत तहका ९ विद्यालयमा २१ जना र माध्यमिक तहका ७ विद्यालयमा १२ जना शिक्षक भर्ना गर्न विज्ञापन गरिएको थियो । तर जिल्ला अदालतको आदेशका कारण परीक्षा हुन सकेको छैन् ।
उच्च अदालत दिपायल महेन्द्रनगरमा परेको रिटमा विज्ञापन सम्बन्धमा अन्तरिम आदेश माग गरेको थियो । रिट निवेदकहरु स्वयं करार शिक्षक पदमा कार्यरत रहेको र निजहरुले प्रस्तुत रिट निवेदनमा उठाइएका विषय समेतका सन्दर्भमा प्रस्तुत रिट निवेदन पूर्ण सुनुवाई हुँदाका बेला विवेचना हुँदा थप केहि बोलिरहन परेन उत्प्रेषण परमादेश समेतमा भनिएको छ ।
महाकाली नगरपालिकाको तर्फबाट अधिवक्ता उमेश प्रसाद विष्ट र कृष्णसिह महराले बहस गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार