बिचौलिया रोक्न वैदेशिक रोजगार विभागले अनिवार्य गर्‍यो परिचयपत्र

काठमाण्डौ । ताहाचलमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय जाँदा अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात साथमा लानु पर्ने भएको छ ।
विभागभित्र अनधिकृत व्यक्तिहरू प्रवेश गरी भिडभाड गर्दा सेवा प्रवाहमा समस्या भएको भन्दै विभागले अब परिचय पत्र अनिवार्य गरेको जनाएको छ ।

सेवा प्रवाहमा सहजीकरण तथा अन्य कामको सिलसिलामा विभागको प्रशासनिक भवनभित्र प्रवेश गर्दा म्यानपावरका सञ्चालक वा प्रतिनिधिले अनिवार्य रूपमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले जारी गरेको परिचयपत्र लगाउन पर्ने छ ।

यस्तै अरू व्यक्तिहरूले भने आफ्नो परिचय खुल्ने कागजात देखाउन पर्ने विभागले सूचना जारी गरेको छ । काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय गएको असारदेखि ताहाचलमा सरेको छ । पछिल्लो समय विभागको भवनमा अनावश्यक व्यक्तिहरू प्रवेश गरी सेवा प्रवाहमा समस्या भएको भन्दै विभागले यस्तो नियम लगाएको जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार