सुदूरपश्चिममा आज सार्वजनिक बिदा

दार्चुला । सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा दिइएको छ । ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

ओल्के पर्वको अवसरमा बिदा दिइएको सूचना राजपत्रमा उल्लेख गरिएको छ । भदौ संक्रान्तिलाई सुदूरपश्चिममा ओल्के सक्रान्तिका रुपमा मनाउने गरिएको छ । ओल्के पर्वका दिनमा मिठोमसिनो खाने, आफन्तजनहरुलाई कोसेली दिने परम्परा रही आएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार