असार १४ गते बिहीबारका दिन बकर ईदको उपलक्ष्यमा सार्वजनिक विदा

काठमाडौं – सरकारले बकर ईदमा सार्वजनिक विदा दिएको छ। गृहमन्त्रालयले एक सूचना जारी गर्दै असार १४ गते बिहीबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति जारी गदै इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदमा देशभर सार्वजनिक विदा दिने निर्णय भएको बताएका छन्। सरकारले सार्वजनिक विदा दिएकाले शेयर बजार पनि बन्द हुने भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार