सात वटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय

काठमाण्डौ – सरकारले देशका विभिन्न ठाउँमा सात वटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले कालीकोटलगायत विभिन्न ठाउँमा सात वटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय भएको बताउनुभयो ।

प्रवक्ता शर्माले देशका विभिन्न ठाउँबाट औधोगिक ग्राम स्थापनाका लागि प्रस्ताव आएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको बताउनुभयो ।

यस्तै बैठकले सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको रूपमा नवराज अधिकारीलाई नियुक्त गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार