अशिक्षित, गरिव, असहायलाई आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने गिरोह सक्रिय

एजेन्सी । गरिव, असहाय, अशिक्षित व्यक्तिहरुलाई आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने गिरोह नै रौतहटमा सक्रिय रहेका छन् ।
रौतहट जिल्लाका विभिन्न स्थानहरुमा पछिल्लो समयमा आर्थिक प्रलोभन देखाउदै हिन्दु धर्मबाट क्रिश्चियन बनाउने घृणित खेलहरु भईरहेका हुन् ।
अन्य धर्मको तुलनामा हिन्दुहरुलाई बिभिन्न प्रलोभन देखाउदै क्रिस्चियन बनाउनेहरु गाँउघरमा सक्रिय भएर लाग्ने गरेको पाइएका छन् । इसाई धर्म प्रचारकहरुले रौतहटको कटहरिया नगरपालिका लगायतका स्थानमा असहाय, गरिव, अशिक्षित एवं सोझासिधा मान्छेहरुलाई बिभिन्न प्रलोभन देखाएर इसाई बनाउन थालेको भन्दै हिन्दु धर्मालम्बीहरुले त्यसको बिरोध गर्न थालेका छन् ।
इसु प्रमेश्वरको प्रार्थाना गरेमा बिमारी निको हुने, धन सम्पत्तीमा बढोत्तरी हुने, रोग ब्याधी नलाग्ने भन्दै सोझा सिधा मान्छेलाई धर्म परिवर्तन गराउने गरेको स्थानीय बासिन्दाले बताए । नेपाल धर्म निरपेक्ष भएको अवस्थामा कानुनमा सबै धर्म मान्ने छुट भएपनि मान्छेलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन बर्जित रहेको छ ।
कटहरिया नगरपालिमा मात्र नभएर यतीबेला रौतहटका प्राय ः जसो पालिकामा परमेश्वरको प्रार्थानाका नाममा अशिक्षित तथा गरिवहरुलाई धर्म परिवर्तन गराउने गिरोह रौतहटका जिल्लामा सक्रिय रहेको भन्दै सरोकारवाला निकायले त्यसको कडा रुपमा बिरोध गर्नुपर्ने उनीहरुको माग गरेका छन् । पैसा तथा अन्य प्रलोभन देखाएर धर्म परिवर्तन गर्नु नै अपराध भएको कटहरियाका स्थानीय समाजसेवी संजय मिश्राले बताए ।
जिल्लाका ग्रामिण क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकालाई आर्थिक तथा विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरिएको घटना सार्वजनिक भइरहेको भएपनि त्यस तर्फ सम्बध निकायको खासै ध्यान नदिएको उनले गुनासो गरे ।
नेपालमा इसाई धर्मावलम्बीहरूको तीव्र गतिमा बढिरहेको जनसंख्यामा मुख्यतः परम्परागत हिन्दू वर्णाश्रम जात व्यवस्थामा पुछारमा पारिएका दलित भनिने समुदायका मानिसहरू वा आदिवासी जनजाति समुदायका मानिसहरू बढि सक्रिय रहेको पाइएका छन् । पाङ्गले भने जस्तै उनीहरूले चमत्कारमा विश्वास गरेका पनि हुन सक्छन्, तर धर्म परिवर्तन गरेपछि उनीहरूलाई चरम गरिबी र भेदभावको अवस्थाबाट छुटकारा पाउने मौका पनि प्रदान गर्ने जस्ता लोभलालचमा फस्दै गएको विज्ञहरु बताउँछन् ।
नेपाल धर्म निरपेक्ष राज्य हो, र सन् २०१५ मा बनेको संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति दिएको छ । यद्यपि सन् २०१८ मा लागु गरिएको धर्म परिवर्तन गराउने विरुद्धको कानुनले कसैलाई उसको धार्मिक आस्था परिवर्तन गर्न प्रोत्साहन गरेको अभियोगमा दोषी ठहर हुनेलाई पाँच वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ । तर रौतहटका बिभिन्न स्थानमा खुलेयाम धर्म परिवर्तन गराउनेहरु सक्रिय भएर लाग्दा समेत कसैले ध्यान नदिएको हिन्दु परिषद नेपाल रौतहटका प्रवक्ता अभिमन्यु पटेलले बताए ।
उनले भने रौतहटका ग्रमिण भेगमा बिभिन्न बहानामा हिन्दुहरुलाई क्रिस्चियन बनाउने कामलाई स्थानीय प्रशासनले तत्काल रोक्नु पर्ने जिकिर गरे ।

सम्बन्धित समाचार

ताजा समाचार