दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ । लेकम–३ मकन्ना जेबलाका प्रेम वल्लव जोशीकी कृष्ण मावि लालीमा कक्षा १२ मा अध्यनरत छात्रा हेमन्ती जोशीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
असार ८ गते आज विहानै घरमै कोठाभित्र सर्पले टोकेको परिवारजनले बताएका छन् । सर्पको टोकाइबाट घाइते किशोरी जोशीको दिउँसो ज्यान गएको बताइएको छ ।