माधवका सांसदले बजेट पास नगर्ने भनेपछि प्रचण्ड रिसाए, कुर्सी गुम्ने डर

काठमाडौं । नेपालको इतिहासमा बजेट पास नभएर सरकार ढलेको इतिहास फेरि पनि दोहोरिने संकेत देखिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनावश्यक उछलकुदका कारण भएको कुर्सी पनि गुम्ने संकेत देखिएको छ । खासगरी एकीकृत समाजवादीका सांसदहरूले बजेट पास नगर्ने हाकाहाकी चुनौती दिएपछि माधवकुमार नेपाल पनि संकटमा परेका छन् ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले त संसदमै आफूहरूले बजेट पास गर्न भोट नहाल्ने चेतावनी दिँदै माधव नेपालले हाले केही फरक नपर्ने बताउनुले खेल अर्कै भएको अनुमान गरिएको छ ।

एमाले सचेतक महेश बर्तौलाले आफ्नो पार्टीले चाहेमा प्रचण्डको सरकार एक साताभित्रै ढालिदिने चेतावनी दिनु र एकीकृत समाजवादीका बहुमत सांसदले बजेटको पक्षमा मत नहाल्ने बताउनुले कतै सरकार परिवर्तनको खेल त भइरहेको छैन भन्ने आशंका उब्जाएको छ ।

आफ्नै सांसदले बजेट पास नगर्ने चेतावनी दिएपछि एकीकृत समाजवादीको संसदीय दलको बैठक बिहीबार दिउँसो २ बजे बस्दै छ । बैठकमा बजेटबारे पार्टीका सांसदहरूको असन्तुष्टिमाथि छलफल हुनेछ ।

बजेटमा असमानता देखिएको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू सरकारसँग असन्तुष्ट छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि बजेटबारे असन्तुष्टि जनाए पनि प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि भने सकारात्मक देखिएका छन् ।

पार्टीका सांसदहरूले बजेट संशोधन नभए समर्थन गर्न नसकिने चेतावनी दिएपछि समाधान खोज्न संसदीय दलको बैठक बस्न लागेको हो । बजेटको कमा र फुलस्टप पनि चेन्ज गर्न मिल्दैन ।

प्रधानमन्त्री प्रचण्डले बजेट संशोधन गर्न सकिन्छ भन्नु भनेको आफ्नो सरकार नालायक हो, अर्थमन्त्री डा।प्रकाशशरण महतको राजनीति सकिनु पनि हो । त्यसैले बजेटमा संशोधन हुँदैन ।

बजेट संशोधन भएमा यो सरकारको औचित्य तत्काल सकिने निश्चित छ । सोही कारण अहिले प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो सरकारको भविष्य त्यति लामो देखिरहेका छैनन् ।

माओवादी र कांग्रेसकै अधिकांश सांसद पनि बजेटप्रति असन्तुष्ट रहेकाले बजेट फेल हुने प्रचण्डलाई ठूलो डर छ ।

सम्बन्धित समाचार

ताजा समाचार