काठमाण्डौ – आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिताअन्तर्गत नेपालले भोलि बिहीवार निकै बलियो मानिएको वेस्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ ।
नेपाल र वेस्ट इन्डिज पहिलो पटक खेल्न लागेका हुन् । वेस्ट इन्डिज दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्व कप च्याम्पियन हो । वेस्ट इन्डिजले सन् १९७५ र १९७९ मा एकदिवसीय विश्व कप जितेको थियो भने २०१२ र २०१६ मा टी–२० विश्व कप जितेको थियो । नेपालका लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेलले बताएका छन् ।
छनोट प्रतियोगितामा आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अङ्कसहित समूह ुएु को तालिकाको शीर्ष स्थानमा छ । समान २र२ अङ्क भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र १ खेल खेलेको नेदरल्यान्ड्स पुछारमा छ ।
समूह ुबीु मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ुसुपर सिक्सु मा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।