चट्याङ लागेर घाइते भएकाहरुको ४ दिनपछि उद्धार

दार्चुला: दार्चुलामा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा संकलकको चार दिनपछि उद्धार गरिएको छ। आज उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी तीनै जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको हो।

जिल्लाको व्याँस गाउँपालिका–२ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, वडा नम्बर पिपलचौरी बास्पालीका ३८ वर्षीय आन सिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमतीलाई नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्।

शनिबार राती चट्याङ लागेर उनीहरु घाइते भएका थिए। बाटो पनि अप्ठेरो भएकाले प्रहरी टोली उक्त स्थानमा पुग्न सकेको थिएन।

सम्बन्धित समाचार

ताजा समाचार