काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ परेका छन्।
आइतबार साँझ उनी बुढानीलकण्ठको पासीकोटबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको हो। सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ। अहिलेसम्म यो प्रकरणमा १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।