SAKAR T10 CUP–२०८३ क्रिकेट प्रतियोगिता हुँदै

दार्चुला । महाकाली नगरपालिका–०९, सकारमा SAKAR T10 CUP–२०८३ क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने भएको छ। जनचेतनाशील युवा क्लब, सकारको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो। पहिलो संस्करणको सफलतापछि आयोजना गर्न लागिएको प्रतियोगिता सकार क्रिकेट ग्राउण्ड मा हुने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन २०८३ साल कार्तिक ६ गते बिहान १० बजे गरिनेछ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख ११ हजार १११ रुपैयाँ सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले रु. ३२ हजार २२२ रुपैयाँ सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। त्यस्तै, Player of the Tournament लाई रु. ५ हजार ५५५, उदीयमान खेलाडीलाई रु. २ हजार ५५५ तथा Fair Play Award का लागि रु. १ हजार ५५५ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुने टोलीका लागि प्रवेश शुल्क रु. ९ हजार तोकिएको छ। आयोजकका अनुसार एउटै नामका दुई वा दुईभन्दा बढी टोली भएमा प्रमुख टोलीबाहेक अन्य टोलीका लागि प्रवेश शुल्क रु. ७ हजार कायम गरिएको छ। क्रिकेट खेलको विकास, स्थानीय प्रतिभाको पहिचान तथा खेलाडीबीच भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनचेतनाशील युवा क्लबले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार