मर्मा गाउँपालिकामा एनसेलको नयाँ टावर सञ्चालन, करिब ५ हजार सेवाग्राही लाभान्वित

दार्चुला । दार्चुलाको मर्मा गाउँपालिकामा एनसेलको नयाँ टावर सञ्चालनमा आएको छ। यही महिनाको ५ गतेदेखि सञ्चालनमा आएको उक्त टावरबाट गाउँपालिकाका करिब ५ हजार नागरिकले सेवा उपभोग गर्न पाउने छन् ।
मर्मा गाउँपालिकामा सञ्चालनमा आएको यो टावर दार्चुलामा एनसेलको १०औँ टावर हो। नयाँ टावर सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिकलाई मोबाइल तथा इन्टरनेट डाटा सेवामा सहजता हुने अपेक्षा गरिएको छ।
एनसेलका अनुसार सुदूरपश्चिम प्रदेशभर हाल ३ सय ३६ वटा टावर सञ्चालनमा रहेका छन्। कम्पनीले प्रदेशका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्दै आएको जनाएको छ।

त्यस्तै, एनसेलले दार्चुला जिल्लामा हाल ६ वटा कर्पोरेट ग्राहकलाई इन्टरनेट तथा इन्ट्रानेट सेवा दिई रहेको जनाइएको छ। नयाँ टावर सञ्चालनसँगै ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय दूरसञ्चार सेवा विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार