दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा चितुवा मृत भेटिएकाे छ । लेकम गाउँपालिका- स्थित ओैला इजर राष्ट्रिय वन क्षेत्रमा चितुवा मृत भेटिएको हाे ।
मङ्गलबार साझ स्थानीय रमेशसिह पुजाराले जङ्गल छेउमा चितुवा मृत भेटिएपछि महाकाली सव डिभिजन कार्यालय र प्रहरीलाई खबर गरेका थिए ।

डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख परमानन्द कुवरका अनुसार ५६ इन्च लम्बाइ, २३ इन्च उचाइ भएको पाेथी चितुवा मृत अवस्थामा फेला परेकाे हाे । चितुवाको छाति र टाउकोमा चाेट लागेकाे छ । सडेकाे अवस्थामा चितुवा पुगेकाे हुँदा खाल्डाेमा गाडेर नष्ट गरिएको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ ।







