बिगत २ बर्ष देखि दार्चुलामा विद्युतीकरणको काम गरिरहेको दार्चुला डोल्पा विद्युतिकरण आयोजनामा दुई बर्षदेखि मजदुरले काम गरेको ज्यायाला नपाए पछि मंगलबार मालिकार्जुन गाउँ पालिकाका प्रबक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मदन चन्दले आयोजनाको गाडी समातेर प्रहरी चौकी पस्तीमा बुझाएको छ ।
वडा नम्बर ४ र ५ का मजदुरले सो क्षेत्रमा विद्युतिकरणको काम गरेको लाखौं रुपैयाँ ज्याला नपाएको भन्दै वडामा उजुरी गरेका थिए ।
वडा नम्बर ५ का १५२० जनाको चार लाख भन्दा बढी रकम ठेकेदारले दिन बाँकी छ । २०८० सालको अन्तिम देखि मालिकार्जुन गाउँ पालिकामा विद्युत् विस्तारको काम गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणबाट सञ्चालनमा रहेको दार्चुला डोल्पा विद्युतिकरण आयोजना अन्तरगत कैलाली जिल्लाको अत्तरिया बस्ने जुनियर टेक्लाक्सले मालिकार्जुन गाउँ पालिका लगायत, जिल्लाको मार्मा, लेकम, दुहुँ गाउँपालिका र शैल्यशिखर तथा महाकाली नगरपालिका गरि छ वटा पालिकामा विद्युतिकरण गर्ने जिम्मेवारी लिएको थियो ।
अफिसबाट पेटी मार्फत जुनियर टेक्लाक्सका अभिषेक गुप्ताले कामको जिम्मेवारी लगेको र उसले मदन छेदाल भन्ने अर्को ठेकेदारलाई पेटी मार्फत मालिकार्जुनमा ठेक्का दिएको आयोजनाका दार्चुला ईन्चार्ज ईन्जिनियर मनोज बस्नेतले जानकारी दिए ।
अफसिबाट कामको भुक्तानी भईसकेको र ती दुबै ठेकेदार एक बर्षदेखि फरार रहेको ईन्जिनियर बस्नेतले बताउनुभयो ।


मजदुरको ज्याला नदिएपछि आयोजनाको गाडी समातियो





