दार्चुलामा चरेससहित दुई जना पक्राउ

दार्चुला । दार्चुलामा चरेशसहित २ जना पक्राउ परेका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ सेल्प्या स्थित महाकाली करिडोरमा डिङ्सीबाट उकु तर्फ जादै गरेको से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई चेकजाँचकाे क्रममा चरेससहित दुई जना पक्राउ परेका हुन् ।
मोटरसाइकल चालक मालिकार्जुन गाउँपालिका–७ डिङ्सी बस्ने ३० वर्षीय महेन्द्र सिह धामी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २८ वर्षीय मधुकर उपाध्याय चरेशसहित पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुबै जनालाई ९१७ ग्राम चरेश र भारतिय रुपैँया १० हजार र नेपाली १ हजार ३५० नगद फेला पारी दुवै
जनालाई प्रहरी चौकी जोलजीबी, दार्चुलाबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार