दार्चुला । मार्मा गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लटिनाथ मावि रस्कोटले जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा २३ स्वर्ण, १४ रजत र ७ कास्यसहित प्रतियोगिताको उपाधि जितेको हो ।
प्रतियोगितामा द्धितीय स्थान तपोवन मावि पडपडाले जितेको छ । पडपडाले ९ स्वर्ण, ९ रजत र कास्य पदक हासिल ग¥यो भने तृतीय स्थान दुर्गेश्वरी मावि ताकुले हात पारेको छ । दुर्गेश्वरीले ७ स्वर्ण, ५ कास्य र ११ कास्य पद हात पारेको छ ।
मार्मा गाउँपालिकाको वडा नम्बर ४ स्थित तपोवन माध्यमिक विद्यालय पडपडाको खेलमैदानमा गत विहिबारबाट प्रतियोगिता सञ्चालन भएको थियो ।







