शङ्करपुर मावि पस्तीको ७३औँ वार्षिकोत्सव : अक्षयकोष घाेषणादेखि शैक्षिक सुधारसम्मका याेजना

दार्चुला । मालिकार्जुन गाउँपालिकास्थित शङ्करपुर माध्यमिक विद्यालयले आफ्नो ७३औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रूपमा शुरू भएको छ। उद्घाटन समारोहमा अक्षयकोष स्थापना घाेषणा देखि विविध सांस्कृतिक कार्यक्रम भएका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमराज पन्तको अध्यक्षतामा भएको वार्षिकोत्सब कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोह भएको हाे । यस्तै कार्यक्रममा उपाध्यक्ष कल्यान सिंह धामी, वडा अध्यक्ष केशर सिंह धामी, प्रमुख प्रशासकीय अधिकृत सुरज प्रसाद जोशीलगायत उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले निर्माण गरेका शैक्षिक सामग्रीहरूको प्रदर्शन गरेका थिए ।
कार्यक्रममा विद्यालयको वार्षिक मुखपत्र ‘ज्योति’ को पहिलो अंक विमोचन गरिएको छ ।
यसैगरी विद्यालयका पूर्व शिक्षक मदन सिंह धामी तथा २०३४ सालदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका विद्यालय सहयोगी दुर्गा सिंह धामीलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ।
विद्यालयले वार्षिकोत्सब कार्यक्रम मङ्सिर २१ र २२ गते पनि विभिन्न शैक्षिक, सांस्कृतिक तथा विद्यार्थी केन्द्रित कार्यक्रम गरी वार्षिकोत्सव मनाइने विद्यालयले जनाएको छ।

अक्षयकोष घोषणा
कार्यक्रममा दुई जनाले विद्यालयमा अक्षयकोष स्थापना घाेषणा गरिएको छ । वार्षिकोत्सब समारोहमा वडा अध्यक्ष केशर सिंह धामीले स्वर्गीय बुवा बजिर सिंह धामीको स्मृतिमा एक वर्षको सम्पूर्ण सेवा–सुविधा अक्षयकोषमा दिने घोषणा गरे।
यस्तै प्रधानाध्यापक भुवनेश्वरी अवस्थीले स्वर्गीय ससुरा बंसिधर जोशीको सम्झनामा १ लाख रुपैयाँ अक्षयकोषमा प्रदान गर्ने घोषणा गरिन्।

सम्बन्धित समाचार

ताजा समाचार