प्रहरीद्वारा दार्चुलामा भन्सार छलेर ल्याएकाे समान बरामद

दार्चुलामा प्रहरीले भन्सार छलेर ल्याएकाे समान बरामद गरेको छ । महाकाली नगरपालिका–४ बसपार्क क्षेत्रमा अबैध रूपमा लुकाएर राखेकाे समान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ४३ हजार तीन सय रुपैयाँ बराबरको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।

सूचना अधिकारी भट्टका अनुसार प्रहरीले बिडी, स्विटर, सुटपिस, चप्पलल लगायतका समान बरामद छ ।

बरामद गरिएको समानलाई थप अनुसन्धानकाे लागि भन्सार कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार