दुहुँ गाउँपालिकाका तीन वडामा सार्वजनिक सुनुवाइ

दार्चुला — दुहुँ गाउँपालिकाका तीन वडामा चालू आर्थिक वर्ष ०८२/०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा तथा एक पाइलाे मल्टिमिडिया प्रालिको सहजीकरणमा वडा नं. १, ३ र ४ मा सुनुवाइ कार्यक्रम गरिएको हो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै दुहुँ गाउँपालिका–३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता देबबहादुर बमले वडाहरूको आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालित गरिएको बताए।

उनका अनुसार वडामा सडक, घोरेटो बाटो, स्वास्थ्य संस्थाहरूका पूर्वाधार तथा विद्यालय भवन निर्माणजस्ता कामहरू भइरहेको छ। “बजेटले भ्याएसम्मका सबै योजनाहरू कार्यान्वयन गर्न स्थानीय सरकार प्रतिबद्ध छ,” प्रवक्ता बमले भने।

सम्बन्धित समाचार

ताजा समाचार