दुखि आमा

कविता:दुखि आमा

सपना रोपेर दिनमा
निन्द्रा बेचेर रातमा
जिवनको जंङल पार गर्दै
आमा निरन्तर हिँडिरहेकी छिन ।

उनको आखाँ भित्र
लुकेको छ हजारौं आसु
तर ओठमा भने
सधै अडिक मुस्कान बस्छ ।

हातमा कडा रेखाहरु
घामले पोलिएको छाला
तर मुटुमा अझै पनि
सन्तानका लागी न्यानो आर्शिवाद

मनोज सिंह धामी
महाकाली नगरपालिका खंलगा दार्चुला

सम्बन्धित समाचार

ताजा समाचार