फाेटाेमा देखिन मात्र नेतृत्वमा नबसाैं : अध्यक्ष घर्ती

नेकपा एमालेका अध्यक्ष ज्ञानेन्द्र घर्तीले कर्मचारीले निस्पक्ष ढंगले काम गर्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी संगठन दार्चुलाको १० ओैं जिल्ला अधिवेशनकाे उद्घाटन गर्दै यस्ताे बताएका हुन् ।
उनले भने, ‘सबै कर्मचारीलाई संगठनकाे महत्त्व बुझाउनु र संगठन चाहिदैन भन्ने मानसिकता चिर्नु जरूरी छ ।´ कर्मचारी भइसकेपछि उसले पहिलो दायित्व जनताको हितमा लाग्नुपर्ने पर्ने बताए ।
कर्मचारीले टिकाटिप्पणी उठ्ने ढङ्गले काम गर्न नहुने बताए ।
पार्टीले लगत्तै तीन महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भन्दै अभियानमा जाेडिन समेत आग्रह गरे ।
संगठनकाे बैठकमा नआउने, संगठनकाे गतिविधिमा सामेलनहुने हरेककाे याे अभियानकाे क्रममा मूल्यांकन हुनेछ, उनले भने । फाेटाेमा देखिन र ठूलाे संख्या बनाएर संगठन चलायमान नहुने भन्दै चुस्त दुरूस्त संगठन बनाउन निर्देशन दिए ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष राजेन्द्रसिह धामीकाे अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीकाे प्रमुख आतिथ्य रह्याे । कार्यक्रममा संगठनका सचिवालय सदस्य पदमराज जाेशी, कर्मचारी संगठनका प्रदेश उपाध्यक्ष श्यामसिह धामी, आधिकारिक ट्रेड युनियनका अध्यक्ष रघुबीरसिह ठगुन्ना लगायत कर्मचारी संगठनमा आवद्ध सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।
अधिवेशनले तीन वर्षकाे लागि नयाँ नेतृत्व चयन हनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार