प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले पत्रकार महासंघ दार्चुलाको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेका छन् । कार्यालय प्रमुख तथा जिल्लास्थित सूचना अधिकारीसँग भएको परिचयात्मक कार्यक्रममा स्वागत सम्मान गरेको हो ।
गत मङ्सिर २८ गते भएको निर्वाचना निर्वाचित भएका दार्चुला शाखा समितिलाई कर्मचारीको तर्फबाट स्वागत सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष राजेन्द्रसिह धामीले जिल्लाभित्र रहेका कार्यालयहरुको सूचना सन्देश एकद्धार प्रणलीमार्फत गर्न आग्रह गरे । जिल्लामा हुनेगतिविधिलाई पत्रकार महासंघलाई आधिकारीक जानकारी गराएर गर्न जिल्लास्थित कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुलाई महासंघले आग्रह गरेको छ ।


नवनिर्वाचित पत्रकार महासघको कार्यसमितिलाई प्रशासनले ग¥यो स्वागत




