नेपाली काग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य बिक्रमसिह धामीले योजना नल्याएको भन्दै पार्टीमा आफ्नो विरोध भएको बताएका छन् । प्रदेश सांसदले कार्यकर्ताको लागि योजना नल्याएको भन्दै आफुलाई पार्टीले निषेध गर्न खोजेको बताएका हुन् ।
सुदूरपश्चिम प्रदेश सभाका लेखा समिति सभापति समेत रहेका धामीले योजनालाई किनबेचबाट रोक्ने अभियानको आफ अभियन्ता भएको भन्दै यस्ता कुर्कममा आफु कहिल्यै नलाग्ने बताए । उनले भने, ‘सांसदले योजना दिने हैन्, । विगतमा कमिसनका योजना आउने रहेछन्, । आफुले यस्तो अपराध कहिल्यै गर्न सक्दैन् ।’
यो धर्ती योजनाको नाममा कमिसन खानेहरुको लागि नभएको उनको भनाई छ । अर्पणको धर्तीमा आफुले कहिल्यै पनि पैसाको पछि नलाग्ने बताए । ‘मैले आफ्नो कार्यकाल सकिने बेला मत दिएको पछुतो नहुने गरी फर्किन्छु,’ उनले भने ।
‘मेरा समस्त मतदातालाई भन्छु, तपाइको मान्यले कहिल्यै पछुताउने काम गर्ने छैन् । म कमिसन खादैन्, घर बनाउदिन् । सके जनताको हितमा काम गर्छु । सकेन भने पनि तपाईहरुको शीर निहुराने काम मबाट हुने छैन्’ उनले भने ।
आफ्नो ध्यान भनेकै योजनामा हुने कमिसन रोक्नतर्फ लागेको भन्दै यो अभियानमा साथ दिन अपिल गरे । सुदूरपश्चिम प्रदेश योजना खरिद बिक्रीमा नाममा परिचित रहेको भन्दै यस्तो काम रोक्न सबैले सचेत हुनुपर्ने बताए । आफु जितेर गएदेखि नै यस्ता कामको विरोध गर्दै आएको छु । अहिलेको बजेटमा थोरै भए पनि कमिसन रोक्ने प्रयास गरिएको छ ।
आफुले केहि समय अघि मात्रै योजना भुक्तानी लगेर केहि काम नगरेकाहरुबाट असुली गर्न लगाएको उल्लेख गर्दै यो अभियान निरन्तर रहने उनको भनाई छ ।