दार्चुलामा खाद्यान्नमा प्रतिकेजी पाँच रुपैयाँ छुट सहुलियत मूल्य पसल खुल्यो

दार्चुला । दार्चुलामा खाद्यान्नमा प्रतिकेजी पाँच रुपैयाँ छुट सहुलियत मूल्य पसल खुलेकाे छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाले असोज ४ गते आज देखि प्रति केजी रु पाँच रुपैयाँ छुटमा खाद्यान्न बिक्री गर्न थालेको छ ।हिन्दु नेपालीहरूको महान् चाडपर्व दशैँ, तिहार लगायत छठपर्व लाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाका प्रमुख जयकिसन प्रसाद चौधरीले जानकारी दिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाले आज देखि अगामी माघ २ गतेसम्म सहुलियत मूल्य पसल संञ्चालनमा ल्याएको जनाएको छ । सहुलियत मूल्य पसल संञ्चालनका बेला कार्यालयले यहाँका नागरिकलाई २५ केजीका विभिन्न किसिमका चामल बिक्री गर्ने जनाएको छ ।
सहुलियत मूल्य पसल संञ्चालनमा आएपछि अब जिल्लाका स्थानीयहरुले स्टिम जिरा मसिनो चामल रु २ हजार १७५ रुपैयाँ अरुवा मोटा चामलको मुल्य रु १ हजार४७५रुपैया तथा अरुवा सोना मंसुली चामल रु १हजार ५२५ रुपैयामा विक्री वितरण हुने कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो ।
यसअघि स्टिम जिरा मसिनो चामलको मुख्य रु दुई हजार ३ सय अरुवा मोटा चामलको मुल्य रु एक हजार ६सय अरुवा सोना मंसुली चामलको मुल्य रु १ हजार ६५० रुपैयाँमा विक्री वितरण हुँदै आएको थियो । सहुलियत मूल्य पसल संञ्चालन जिल्लाको अपि हिमाल गाउँपालिकामा रहेको खण्डेश्वरी विक्री केन्द्रबाट समेत हुने बताइएको छ ।

पच्चीस केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट एक सय २५ छुटमा बिक्री हुन लागेको छ । सहुलियत मूल्य पसलमा विक्री गर्न प्रादेशिक कार्यालय धनगढीबाट आज बेलुकी चामल दार्चुला सदरमुकाम पुगेको छ । कार्यालयले हरेक वर्ष दशै, तिहार र छठ जस्ता पर्वहरुमा खाद्यान्नमा छुट दिने व्यवस्था गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाले प्रादेशिक कार्यालय धनगढी संग जिरा मसिनो चामल, सोना मंन्सुली चामल, र मोटा चामल गरी ५सय क्विन्टल माग गरेको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलामा हाल ८० क्विन्टल चामल मौज्दात रहेको शाखा प्रमुख चौधरीले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार