दार्चुला । नेपाल खेलकुद महासंघ दार्चुलाको तेस्रो जिल्ला अधिवेशन उद्घाटन भएको छ । खलंगास्थित दार्चुला विकास संगठनको हलमा शनिवार दिउँसो १२ बजे अधिवेशन उद्घाटन भएको हो । खेलकुद महासंघ दार्चुलाका जिल्ला अध्यक्ष जगत सिंह साउदको अध्यक्षता तथा नेकपा (एमाले) पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको छ ।
उक्त कार्यक्रममा नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य जगत सिंह धामीको विशिष्ट आतिथ्यता रहेको छ । एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्य गौरी बडाल र प्रेम सिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायत पदाधिकारी र नेताहरू, खेलकुद क्षेत्रका विभिन्न संघ संगठनका पदाधिकारी लगायतको आतिथ्यता रहेको छ । अधिवेशनबाट नेतृत्व चयन गरिने आयोजकले जनाएको छ ।







