काभा महिला नेसन्स लिग च्याम्पियनसिपको रजत विजेता नेपाली महिला भलिबल र एपिएफ टोलीकी सदस्य निरुता ठगुन्नाकाे बढुवा भएको छ।
सशस्त्र प्रहरी बलले निरुता सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको हाे।
दार्चुलाको नाैगाड गाउँपालिका- ६ घर भएकी ठगुन्ना सशस्त्र बाट भलिबल खेल्दै आएकी थिईन् ।
निरुता ५ वर्षअघि शसस्त्रमा आबद्ध भएकी थिइन् ।
सशस्त्रले नेसन्स लिग च्याम्पियनसिपको टोलीमा रहेका निरुतासहित ३ खेलाडीलाई बुधवार नगद पुरुस्कारसहित सम्मान पनि गरेको छ ।
।
सशस्त्रका महानिरीक्षक राजु अर्यालले निरुता, सरस्वती चौधरी र कविता भट्टलाई पुरस्कृत गरेका हुन् । आइतबार भएको फाइनलमा नेपाली टोली भारतसँग ३-२ ले पराजित भएको थियो ।


भलिबल खेलाडी निरुताको सहायक हवल्दारमा बढुवा




