महाकाली नगरभित्रका छ सय बढि महिलालाई कानुनी सचेतना

महाकाली नगरपालिकाभित्रका छ सय बढि महिलालाई कानुनी सचेतना तालिम दिइएको छ । महिला सशक्तिकरण गर्ने उद्देश्य अनुरुप नगरपालिकाका नौवटै वडाका महिलालाई सशिक्तकरण सम्बन्धि कानुनी सचेतना दिइएको हो ।
महाकाली नगरपालिकाको सहयोग तथा ग्लोबल ल अफिस प्रालिको आयोजनामा महिला अधिकारसम्बन्धि कानुनी सचेतना प्रदान गरिएको छ । महिला अधिकारबारे पछाडि परेका महिलाकोलागि पहिलोपटक लैगिंक, घेरलु हिंसा तथा मेलमिलाप सम्बन्धि कानुनी सचेतना प्रदान गरिएको ग्लोबल ल अफिस प्रालिका प्रबन्ध निर्देशक कृष्णसिह महराले जानकारी दिए ।
अझै पनि हाम्रो समाजका महिला पछाडि छन् । उनीहरुलाई कानुनको अधारभूत ज्ञान दिनु आवश्यक छ, महराले भने, महिला अधिकार सँगै कानुनको आधारभूत ज्ञान दिइएको छ ।
योपटक ग्रामीण क्षेत्रका महिलाको लागि यो कार्यक्रम लक्षित थियो । वडा कार्यालयमा मात्र नभई ग्रामीण वस्तीसम्म पुगेर महिलाहरुलाई अधिकारबारे सचेतना प्रदान गरिएको नगर उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले बताइन् । महिला अधिकारबारेमा अधारभूत जानकारी समेत नहुँदा समाजमा बोल्न नसकेको भन्दै उनले भनिन्, यो कार्यक्रमले थोरै भएपनि महिला सशक्त भएका छन् ।
उपप्रमुख सँग महिला सशिक्तकरण कार्यक्रममार्फत पनि यो वर्ष चार सय महिलाहरुलाई कानुनी सचेतना प्रदान गरिएको थियो ।
कानुनी सचेतना कार्यक्रममा जिल्ला अदालत दार्चुलाका न्यायाधीश धु्रव कुमार ढकाल, दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक धाना धामी, अधिवक्ता कृष्णसिह महरा, प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुुर सिंह लगायतले प्रशिक्षण गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार