दुर्गम वस्तीका महिलालाई सशक्तिकरण गर्दै उपप्रमुख विष्ट

दार्चुला । सदरमुकाम खलंगा भनेपछि सबैले सम्झिने हो नाम हो, सुगमता र सहजता । तर नगरभित्रकै कतिपय यस्ता बस्ती यस्ता छन्, जो सबैको नजरमा पुग्न सक्दैन् ।
महाकाली नगरपालिकाकै वडा नम्बर १ को मलेरा, कोटकौतली, बबा जस्ता वस्ती अझै विकट छन् । गाउँमा आउने अधिकांश कार्यक्रमबारे यस क्षेत्रका नागरिक बेखबर हुने गर्छन् । तर पहिलोपटक महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले नगर उपप्रमुख महिला सशक्तिकरण कार्यक्रम लगेर विकट गाउँ पुगिन् ।
मलेरा बस्तीमा पहिलोपटक महिला अधिकारसम्बन्धी सशक्तिकरण कार्यक्रम गरिएको छ । महिलालाई यसरी कार्यक्रममा सहभागि गराइएको यो पहिलोपटक हो, वडा नम्बर १ मलेराका स्थानीय नारा कार्कीले भनिन् । गाउँमा आएर महिलाका हक अधिकार, महिलाका कानुन, तथा सूचना, सुशासनबारे महिलालाई अभिमुखीकरण गरिएको छ ।
कार्की भन्छिन्, ‘थोरै भएपनि हामीले अधिकारको बारेमा जान्ने अवसर पायौं’ । यस्ता कार्यक्रममा विगतमा यो वस्तीसम्म पुगेको थिएन् । गीता कार्कीको अनुभव छ, हामीले यसरी कार्यक्रममा सहभागि भएको पहिलो होला । सरकार छ भन्ने बल्ल अनुभूति भयो । हामी महिलाहरुको लागि पनि काम गर्ने रहेछन् भने जानकारी मिल्यो ।
यो वस्तीसम्म पुग्न अझै राम्रो सडक बनेको छैन् । गाउँमा पुग्न धुलो धुलाम्ये उस्तै छ । विकास निर्माणमा हामी निकै पछाडि छौं बिस्ना कार्की भन्छिन् । उपपमेयर साब गाउँ पुग्नुभएको छ, हाम्रो समस्याबारे पनि बुझिदिनुहुने छ ।
गाउँमा बादरले खेतीबाली नष्ट गर्छ । खेतीपाति भित्र्याउने समयमा पनि उत्साहका साथ महिला सहभागिता भएको भन्दै वडा सदस्य नारादेवी धामी भन्छिन्, यहाँका स्थानीय विकासमा पछि परेकोबारे गुनासो गरिरहन्छन् । सदरमुकाम खलंगा नजिक भए पनि भौगोलिक रुपमा ठूलो वडा हो । सडक राम्रो छैन् । खानेपानी समस्या उस्तै छ । छापरीमै नेपाल टेलिकमको टावर भए पनि यस क्षेत्रमा राम्रो फोन सबै ठाउँमा लाग्दैन् ।
नगर उपप्रमुख विष्टले ग्रामीण महिलालाई सशक्तिकरण गर्ने उद्देश्यले नगरका वडाभरि महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेका छन् । एकपाइलो मल्टिमिडिया प्रालिसँगको सहकार्यमा महिला अधिकार, महिला अधिकार र महिला सम्बन्धि कानुन तथा सूचनामा पहुँच कसरी पु¥याउने भन्ने उद्देश्य राखेर कार्यक्रम गरिएको हो ।
सशक्तिकरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख विष्टले आफुले पहिलोपटक दुरदराजका महिलालाई पनि कार्यक्रमबारे जानकारी गराउने उद्देश्य राखेर कार्यक्रम तय गरेको बताइन् । ‘विगतमा हरेक कार्यक्रम वडा तह वा सदरमुकाम खलंगा केन्द्रीत भए,’ उनले भनिन्, ‘अब महिला सम्बन्धि कार्यक्रम गाउँसम्म पनि पु¥याउनुपर्छ ।’ महिलाहरुले आफ्नो हक अधिकारबारे सचेत भएमात्रै समाज परिवर्तन गर्न सकिने उनको भनाई छ ।

सम्बन्धित समाचार

ताजा समाचार