महिला सिडिओले सम्हालेका थिए एक वर्ष जिल्लाको कमाण्ड

दार्चुला । सुदूरपश्चिमकै एक्ली महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुन किरण जोशी । २०७९ चैत्र ९ गते दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएका उनी ठिक ०८० चैत ९ गते दार्चुलाबाट विदाई भएर गइन् ।
सुदूरपश्चिमबाट खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा नाम निकाल्नु भएकी पहिलो महिला समेत हुन उनी । श्रीमान सिद्धराज जोशीले यसअघि कमाण्ड सम्हालेको दार्चुलामा उनले पनि सिडियोको रुपमा कार्यभार पूरा गरेकी छिन् ।
सुदूरपश्चिमकै जन्मिएर सुदूरपश्चिमकै जिल्लाहरुमा सेवा गर्नुपर्छ भन्ने मान्यता दुवै जनाको छ । आफ्नो क्षेत्रको लागि केही गर्नुपर्छ भनेर दार्चुला आएकी थिइ, उनले भनेकी छिन् । जिल्लामा बस्दा सबै क्षेत्र पुगेर भूगोल चिन्ने मौका पाए ।
दार्चुलाको प्रमुख जिल्ला अधिकारी हुनुअघि उनले डोटीको सहायक सिडिओ भएर गृह प्रशासनको जिम्मेवारी निर्वाह गरेकी थिइन् । गृहमन्त्रालयले उनको कैलाली जिल्ला सरुवा गरेको छ ।
दार्चुला बस्दा उनी व्याँस गाउँपालिका–१ नेपाल–चीन सीमा स्तम्भ देखि अपिहिमाल गाउँपालिकाका हुँदै अपि वेश क्याम्प सम्म भ्रमण गरेकी छिन् । ९ वटा स्थानीय तहका अधिकांश वस्तीसम्म पुगेकी जोशी दार्चुला पुग्दा शान्ति सुरक्षामा खासै उतार चढाव भएन् ।
सबै सँग समन्वय गर्न सक्ने तथा फिल्ड स्तरबाटै रिस्पोन्स गर्न सक्ने उनको क्षमताको जिल्लाबासीले प्रंशसा गरेका छन् ।
दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी दार्चुला पठाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार