भारतको पिथौरागढमा सीमा समन्वय बैठक सम्पन्न

दार्चुला । भारतको पिथौरागढमा नेपाल र भारतका अधिकारीहरुबीचको सीमा समन्वय बैठक मंगलबार सम्पन्न भएको छ । भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताका बिषयमा बैठकमा छलफल भएको छ ।

यस्तै दुवै देशका सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका बिषयमा बैठकमा छलफल भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी शिव बहादुर सिहले बताए ।

बैठकमा नेपालको दार्चुला र बैतडीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । यस्तै भारतका तर्फबाट पिथौरागढ जिल्लाका जिल्ला अधिकारी रीना जोशी लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरेर चुनाव हुनुभन्दा ७२ घण्टा अगाडी सीमा नाका बन्द गर्ने दुवै देशका अधिकारीहरुबीच सहमति भएको दार्चुलाको प्रहरी प्रमुख डिएसपी सिहले जानकारी दिए ।

सीमा क्षेत्र भएर बग्ने महकाली नदीको सरसफाइका बिषयमा समेत बैठकमा छलफल भएको छ । बैठकमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । यस्तै भारतकातर्फबाट पिथौरागढका जिल्ला अधिकारी रीना जोशी, चम्पावतका जिल्ला अधिकारी नवनीत पाण्डे लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार