दार्चुला । मौसममा बदली भएसंगै दार्चुलासहित सुदूर पहाडका उच्च क्षेत्रमा हिमपात भएको छ । बिहीबार उच्च लेकाली क्षेत्रहरुमा हिमपात भएको स्थानीयहरुले बताएका छन् ।
दार्चुलाको व्यासँ गाउँपालिका वडा नम्बर १ छाङरु तिङकर , नौगाड गाउँपालिकाको वडा नम्बर २ दल्लेक लगायतका उच्च क्षेत्रमा हिमपात भएको नौगाड गाउँपालिकाका स्थानीय मगल सिह ठगुन्नाले बताए । गएको तीनदिनदेखि मौसममा बदली आएको र आज हिमपात भएको उहाले बताउनु भयो ।
उच्च लेकाली र हिमाली क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् ।
हिमपात भएसंगै उच्च क्षेत्रहरुमा चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको स्थानीयहरुको भनाइ छ । यो बर्ष हिउँदमा खासै बर्षा र हिमपात भएको थिएन् । हिउँद सकिनै लाग्दा बर्षा र हिमपात भएको हो ।
यो बर्षा र हिमपातले बालीनालीलाई भने केही फाइदा पुग्ने किसानहरुले बताएका छन् ।