चौलानी नदीमा तत्काल जोखिम हट्याे, पहिराेपीडितले गाउँ छाेडे

दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा शुक्रबार पहिरोले थुनिएको चौलानी नदीमा तत्काललाई जोखिम टरेकाे छ । शनिबारदेखि चाैलानी नियमित झै बगिरहेको छ ।

आधा थुनिएको चाैलानी नियमित भए पनि भटटार बस्तीका नागरिकलाई शुक्रबार अन्यत्र स्थानान्तरण गरिएको छ । शनिबार बिहानैदेखि घरमा रहेका सामाग्री देखि पशुचाैपाया सार्ने काम भइरहेकाे स्थानीय मञ्जु लाेथ्यालले जानकारी दिइन् ।

पहिराेकाे जाेखिम कायमै रहेकाेले पशुचाैपायासहित स्थानान्तरण गरिएको हाे । शुक्रबार दिनभर पहिराे खस्याे । साँझ ५:३० बजे, ७ बजे र राति १२ पनि ठूलो पहिराे खसेकाे थियाे । आज भने पहिराे खसेकाे छैन् ।

हिजाे जिल्ला प्रशासन कार्यालय दार्चुलाले सावधानी अपनाउन भन्दै सूचना निकालेकाे थियाे ।त्यसपछि नदि तटीय क्षेत्रमा पर्ने स्थानीय तह, प्रहरीले पनि सूचना निकाल्याे । यस्तै जिल्ला प्रशासन कार्यालय बैतडी
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको थियाे ।

चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र थप पहिरो आएर पूरै थुनिन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।
पहिराेका कारण सितिबाट अर्काे गाउँ खायकाेट, ल्वाथि तथा अपि वेसक्याम्प जाने बाटाे पूर्णरूपमा अवरुद्ध भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार