दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिका–४ ओसिलमा मंगलबार जीप दुर्घटनामा परेर जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत दुई कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा सवइन्जिनियर मनिसा पाल र कर्मचारी भरत तितरा रहेका छन्।
ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु प प्र ०१–००१ ज १६४१ नम्बरको जीप अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक प्रकाश ठगुन्ना, स्थानीय विक्रम महर अकबर महर तथा सिँचाइ कार्यालयका कर्मचारी मीन बहादुर पाल घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि गाेकुलेश्वर अस्पताल लगिएको स्थानीय प्रत्यक्षदर्शी महादेव ठगुन्नाले जानकारी दिए ।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
याेजना अनुगमन निरीक्षणमा खटिएको बेला जीप दुर्घटना भएको हाे ।








