दार्चुलामा नेकपा एमालेको पक्षमा जनलहर, उम्मेदवार गणेशसिंह ठगुन्नाको घरदैलो अभियान तीव्र

दार्चुला — आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दार्चुलामा घरदैलो अभियानलाई तीव्र बनाएको छ । अभियानअन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्ना नेतृत्वमा गाउँ–बस्तीमा मतदाता भेटघाट कार्यक्रम सञ्चालन भइरहेको छ ।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाहरूले एमालेप्रति उत्साहजनक समर्थन जनाएका छन् । विकास, सुशासन र स्थायित्वका मुद्दालाई प्राथमिकतामा राख्दै उम्मेदवार ठगुन्नाले जनताको घर–आँगनमै पुगेर आफ्ना प्रतिबद्धता प्रस्तुत गरिरहेका छन् । स्थानीयहरूले विगतमा भएका विकासका कामको निरन्तरताका लागि एमाले आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
उम्मेदवार ठगुन्नाले दार्चुलाको समग्र विकास, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जनामा आफू प्रतिबद्ध रहेको बताए । ‘जनताको भरोसा नै हाम्रो शक्ति हो, दार्चुलालाई विकासको नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित चुनावी मैदानमा छौं,’ उनले घरदैलो भेटघाटका क्रममा भने ।
घरदैलो अभियानमा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिएको छ । स्थानीय तहमा एमालेप्रति बढ्दो जनसमर्थन देखिँदा जिल्लामा पार्टीको चुनावी माहोल थप गर्दै लगेको छ ।
चुनावी अभियान अन्तर्गत मंगलबारदेखि दुहु गाउँपालिकामा दोस्रो चरणको भेटघाट अभियान थालेका छन् । प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले दुहुँ गाउँपालिकाको खेती, बोहरीगाउँ, फारा पोक्सेमा भेटघाट गर्ने कार्यक्रम तय गरिएको एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिए । यस्तै बुधबार वडा नम्बर २ को हिकिला तथा वडा नम्बर १ को कोटखाला पिपलचौरीमा भेटघाट कार्यक्रम तय गरिएको छ ।
सोमबार मात्रै ठगुन्ना नेतृत्वको टोलीले मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ र २ का विभिन्न टोलहरूमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको थियो । जसमा वडा नम्बर १ मा १५ जना र वडा नम्बर २ बाट ५२ जनाले एमाले प्रवेश गरेका थिए । ठगुन्ना सँगै एमाले नेता रामदत्त जोशी, मोहनसिह धामीले नवप्रवेशीहरुलाई फुलमाला लगाएर स्वागत गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार