दार्चुला । मालिकार्जुन गाउँपालिका वडानम्बर -४ मा रहेकाे जनज्योति आधारभुत विद्यालय देविधुराकाे शिक्षक अभिभावक संघ पुर्नगठन गरिएको छ ।
विहिबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष करन सिह धामीकाे अध्यक्षतामा बसेकाे अभिभावक भेलाले तुलसी धामी अध्यक्ष रहने गरि ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको शिक्षक साेनु धामीले जानकारी दिए ।
समितिकाे सदस्यमा भुवनसिह धामी, राजेन्द्र सिह धामी,केशवसिह खत्री,नन्दन गिरी, रामसिह धामी, गजेन्द्र सिह धामी,किसनसिह धामी र लक्ष्मी धामी सर्वसम्मत चयन गरिएको शिक्षक धामीले बताए ।
त्यस्तै सदस्यमा भवानसिह धामी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रहने व्यवस्था अनुसार लक्ष्मणसिह धामी चयन भएको उहाँले बताए ।


आवि देविधुरामा शिक्षक अभिभावक संघ पुर्नगठन




