कार्यसम्पादन मूल्यांकनमा दार्चुलाको अपिहिमाल गाउँपालिका जिल्लामै प्रथम, पूछारमा व्याँस

दार्चुलाको अपिहिमाल गाउँपालिका जिल्लामै कार्यसम्पादनमा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विहीबार सार्वजिनक गरेको कार्यसम्पादनमा अपिहिमाल गाउँपालिका जिल्लामै प्रथम तथा सुदूरपश्चिम प्रदेशमा दोस्रो बनेको छ ।
जिल्लाकै सबैभन्दा विकट पालिका रहेको अपिहिमाल गाउँपालिकाले कुल ७६.१४ अङ्कसहित प्रथम स्थान हासिल गरेको हो । जिल्लाकै सबैभन्दा पूछारमा भने व्याँस गाउँपालिका बन्न पुगेको छ । व्याँस गाउँपालिकाले ३७.८५ प्रतिशत मात्रै अङ्क ल्याएको छ ।
यस्तै जिल्लामा मार्मा गाउँपालिका ६५.६२ अङ्क ल्याएर दोस्रो भएको छ । महाकाली नगरपालिकाले ५९.६३ अङ्क सहित तेस्रो स्थान हासिल गरेको छ । लेकम गाउँपालिका ५८.३९ अङ्कसहित चौथो, नौगाड गाउँपालिका ५७.८० अङ्कसहित पाचौ, मालिकार्जुन गाउँपालिका ५७.१६ अङ्कसहित छैटौ, दुहुँ गाउँपालिका ५७.४९ अङ्कसहित सातौं र शैल्यशिखर नगरपालिका ४६.५२ अङ्कसहित आठौं स्थानमा पुगेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार