प्रहरी हवल्दार घर्तीकाे हत्या प्रकरण : मुख्य आराेपित आशिष दुहुँबाट पक्राउ

२८ माघ, दार्चुला । सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी हवल्दार याेगेन्द्र घर्तीकाे हत्याका मुख्य आराेपित पक्राउ परेका छन् ।
घट्नाका मुख्य याेजनाकार भनिएका आराेपित आशिष पाल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी गाैरब महतका अनुसार आशिष पाललाई दुहुँ गाउँपालिकाकाे जङ्गलबाट पक्राउ गरिएको हाे ।

यसअघि मङ्गलबार राति राजेन्द्र डडाललाई नाैगाडकाे हाेपरिगाडबाट पक्राउ गरिएको थियाे ।
घटनामा संग्लन रहेका अन्य दुई जनाकाे खाेजी भइरहेकाे प्रहरीले जनाएको छ ।
घट्नालगत्तै प्रहरीले २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको थियो ।

घटनामा संलग्न रहेका पुजा बियर बारका सञ्चालक जानकी पाल र मनिस पाल भने अझै फरार रहेकाे डिएसपी महतले बताए । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
मृतककाे शवकाे जिल्ला अस्पताल दार्चुलामा पाेष्टमार्टम गरेर अन्तिम दाहसंस्कार गरिएको छ ।

प्रहरी हवलदार घर्तीकाे टाउकोमा आठ वटा ठाउँमा धारिलो हतियार प्रहार गरिएको पाेष्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पताल दार्चुलाका डाक्टर रबिन्द्र भट्टराईका अनुसार मृतककाे टाउकोमा पछाडिबाट हतियार प्रहार गरिएको छ ।

महाकाली नगरपालिका -४ बङ्गाबगड रिङगलताल नजिकै जानकीले पूजा बियरबार सञ्चालन गरेकाे थियाे । मृतक प्रहरी हवलदार घर्ती सामुदायिक प्रहरी सेवा केन्द्रमा ड्युटीमा जाने क्रममा उनकाे हत्या गरिएको आफन्त बताउँछन् ।

सम्बन्धित समाचार

ताजा समाचार