दार्चुला । नेकपा (एमाले) दार्चुलाका उम्मेदवार गणेश सिंह ठगुन्नाको नेतृत्वमा आजदेखि ब्याँस गाउँपालिका–४ सुनसेरामा चुनावी प्रचार–प्रसार तथा भेटघाट कार्यक्रम सुरू भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा ब्याँस गाउँपालिकाका अगुवा कार्यकर्ता तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाट सुरू भएको हाे ।
उम्मेदवार ठगुन्नाले जनताको अटुट विश्वासले आफूलाई थप जिम्मेवार र ऊर्जाशील बनाएको बताउँदै जिल्लाको विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाए।
विशेषगरी दार्चुला–तिंकर सडक निर्माणकाे पूरा गर्न आफु सधै सक्रिय रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्थानीयले विकास निर्माणमा ठगुन्नाले पुर्याएकाे याेगदानकाे चर्चा गर्दै अझै अधुरा काम पूरा गर्न ठगुन्नालाई जिताउने विश्वास दिलाए ।
कार्यक्रममा एमालेका नेता हरदेव जाेशी, नागेन्द्र तिंकरी, मुरारी लाल टमटा लगायत स्थानीय नेताहरूकाे,सहभागीता रहेकाे थियाे ।










