दार्चुला । एमाले दार्चुलाले चैत्र १८ गते विशाल जनसभा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जिल्ला सदरमुकाम खंलगामा विशाल जनसभाको आयोजना गरिएको एमाले जिल्ला कमिटी सचिव उमेश राज जोशीले जानकारी दिए । जनआन्दोलनबाट ल्याइएको गणतन्त्र नै नेपालको हकमा उत्तम भएको र पछिल्लो समय देशमा एक समुहले राजाको सर्मथनमा फैलाइरहेको हल्लाका विरोध स्वरुप जिल्ला सदरमुकाम खंलगामा विशाल जनसभाको आयोजना गर्न लागिएको उहाँले बताए । उक्त कार्यक्रममा जिल्लावासी आम बुद्धिजीवि, प्रगतिशील लोकतन्त्र प्रति विश्वास राख्ने दार्चुलावासी जनसमुदायलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।


एमाले दार्चुलाले चैत्र १८ गते खंलगामा विशाल जनसभाको आयोजना गर्ने
सम्बन्धित समाचार

ताजा समाचार