दार्चुला । दार्चुलामा बस र जिप एकआपसमा ठोक्किएका छन् । विहिबार विहान ९ः३० बजेको समयमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थकतोलीमा महेन्द्रनगरबाट सदरमुकाम जाँदै गरेको ना ८ ख ६१३१ नम्बरको बस र सदरमुकामबाट गोकुलेश्वर जाँदै गरेको से १ ज १११० नम्बरको जिप एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कायालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो । दुर्घटनामा मानवीय क्षति नभएको र जिपमा समान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

थकतोलीमा बस र जिप एकआपसमा ठोक्किए

सम्बन्धित समाचार
