दार्चुलाका दुई वटा स्थानीय तहका गाउँ तथा नगर सभा भएका छन् । बुधबार शैल्यशिखर नगरपालिका र दुहुँ गाउँपालिकाको गाउँ तथा नगरसभा भएका हुन् ।
शैल्यशिखर नगर प्रमुख विजयसिंह धामीको अध्यक्षतामा १६ औं नगरसभाप भएको छ । नगर सभाले १० वटा कार्यविधि तथा ऐनहरु पारित गरेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को हालसम्म भएका वित्तिय र भौतिक प्रगति अनुमोदन गरिएको नगर प्रमुख विजयसिह धामीले जानकारी दिए । यस्तै नगरपालिकालाई प्राप्त समपुरक र विशेष अनुदानका योजनाहरु सञ्चालन गर्ने, नक्तडमा रहेको नगरपालिकाको डम्पिङ साइडको छलफलका माध्यमबाट व्यवस्थापन गर्ने, गोकुलेश्वरमा बसपार्क निर्माणको लागि सम्भाव्य क्षेत्र छनोट गरि सर्वपक्षीय छलफलका माध्यमबाट चाडैँ सञ्चालनमा ल्याउने बताइएको छ । गत वर्षको महालेखाको परीक्षकको कार्यालयले औंल्याएका बेरुजुलाई नियमित गर्ने लगायतका निर्णहरु नगरसभामा टेवुल भएको छ ।
यसैगरी दुहुँ गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुरसिंह बडालको अध्यक्षतामा सम्पन्न गाउँसभाले विभिन्न निर्णय पारित गरेको गाउँपालिकाका प्रवक्ता देवबहादुर बमले बताए ।
गाउँसभाबाट लेखा समितिको प्रतिवेदन र न्यायिक समितिको प्रतिवेदन पारित भएको छ । लेखा समिति संयोजक समेत रहेका वमले पेश गरेका लेखा प्रतिवेदन गाउँसभाबाट पारित भएको छ । त्यस्तै न्यायिक समितिका संयोजक एंव गाउँपालिका उपाध्यक्ष शान्तीदेवी बमले पेश गरेको न्यायिक समितिको प्रतिवेदन पारित भएको छ ।

शैल्यशिखर र दुहुँ गाउँपालिकामा गाउँ तथा नगरसभा

